मुटुरोगीलाई ३ लाख ८० हजार आर्थिक सहयोग

मुटुरोगीलाई ३ लाख ८० हजार आर्थिक सहयोग

किरात याक्खा छुम्मा, बेलायतले मुटुरोगीलाई आर्थिक सहयोग गरेको छ । संखुवासभाको मादी नगरपालिका–४ की मुटुरोगी ४२ वर्षीया ममता देवानलाई छुम्माले ३ लाख ८० हजार ११० रुपैयाँ सहयोग गरेको हो ।

सहयोग रकम बुधबार ललितपुरको महालक्ष्मीस्थानस्थित किरात याक्खा छुम्माको केन्द्रीय कार्यालयमा बिरामीका पति दिलबहादुर देवानलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम हस्तान्तरण गर्दै छुम्मा युकेका कोषाध्यक्ष आशिष सोम्याहाङले बिरामीको पूर्ण स्वास्थ्य लाभको कामना गरे । सो रकम छुम्मा युकेको अगुवाईमा विभिन्न ६१ जनाबाट संकलन गरिएको कोषाध्यक्ष सोम्याहाङले जानकारी दिए ।

सो अवसरमा छुम्माका केन्द्रीय महासचिव सोनाम याक्खाले प्राप्त रकमको सदुपयोग गर्न आग्रह गरे । विगतमा सहयोग रकम एकाध दुरुपयोग भएको उदाहरण प्रस्तुत गर्दै उनले भने, ‘विशाल हृदय भएका महानुभावहरुबाट जुटेको पैसा हो । एक÷एक पैसा बिरामीको उपचारमा खर्च भयो र बिरामीको स्वास्थ्य पनि सुधार भयो भने आगामी दिनमा सहयोग लिन–दिन सहज हुन्छ ।’ बिरामीका पति देवानले किरात याक्खा छुम्मा बेलायत र सहयोगी सबैप्रति आभार प्रकट गरे । ‘सहयोगी दाजुभाईदिदीबहिनीहरु, आफन्तहरु, मादी नगरपालिका सबैको साथ–सहयोगले उपचार गराउँदैछु । यो रकमले मेरी श्रीमतीको पूर्ण उपचार गर्न थप सहयोग मिलेको छ । उहाँहरु सबैप्रति म आभारी छु,’ उनले भने । उनका अनुसार बिरामी ममता हालः दैनिक औषधि सेवन गर्दै घरमै आराम गरिरहेकी छन् । हरेक महिना रगतको रिपोर्ट पठाउनुपर्ने र तीन महिनामा थप परीक्षणका लागि काठमाडौं नै आउनुपर्ने डाक्टरको सल्लाह रहेको उनले बताए ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरसिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा गत फागुन १३ गते बिरामी ममताको मुटुको अपरेसन भएको थियो ।

सहयाेगीहरूकाे नामवली :

सम्बन्धित खबर