मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिँदै
मगर जातिकाे हुर्रा नाच ।
मगर बाहुल्यता रहेको म्याग्दीमा मगर जातिको उत्पत्ति, दर्शन र मगरात सभ्यताको अध्ययन-अनुसन्धान गरिने भएको छ ।
नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र नेपाल मगर संघ जिल्ला समन्वय समितिको संयोजनमा वैशाख १० गतेदेखि पहिलो चरणमा जिल्लाका रघुगंगा, मालिका र धवलागिरि गाउँपालिकामा अध्ययन गरिने नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुन मगर (लोकेश)ले जानकारी दिए ।
उनका अनुसार वैशाख १० गते रघुगंगा गाउँपालिका-६ पाखापानीबाट अध्ययन गरिने भएको छ । वैशाख ११ गते दरबार भग्नावशेष अवलोकन, अन्तर्क्रिया कार्यक्रम गरिने छ भने सोही दिन मालिका गाउँपालिका-५ देविस्थान, र वैशाख १२ गते धवलागिरिको केन्द्र मुनामा कार्यक्रम गर्ने बताइएको छ ।
नेपालमा जातिगत जनसंख्याकाे हिसाबले मगर नेपालको तेस्रो ठूलो जाति हो भने आदिवासी जनजाति समुदायको पहिलो हो ।