संखुवासभा समाज हङकङले मनायो २८औं वार्षिक उत्सव

  • काठमाडौं
  • १० बैशाख २०८१
संखुवासभा समाज हङकङले मनायो २८औं वार्षिक उत्सव

हङकङ नेपाली महासंघको सदस्य संस्था ‘संखुवासभा समाज हङकङ’ले २८औं वार्षिक उत्सव मनाएकाे छ । आइतबार मंकी हिलमा सम्पन्न कार्यक्रममा समाजको मुखपत्र ‘हाम्रो संखुवासभा’ वर्ष -१८ अंक – १४ काे पनि सार्वजनिक गरियाे ।

दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा सहभागीबीच नयाँ वर्ष  २०८१ सालको शुभकामनासमेत आदानप्रदान गरिएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि जातीय अल्पसंख्यकहरूका लागि होप समर्थन सेवा केन्द्र, हङकङका इञ्चार्ज टेरेन्स चुंग तथा विशेष अतिथि हङकङ नेपाल महासंघकी अध्यक्ष रीता गुरुङले नयाँ वर्ष तथा वार्षिक उत्सवकाे शुभकामना दिए ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएकाे समाजका अध्यक्ष लिलाबहादुर गुरूङले जानकारी दिए । निर्धारित तालिकाअन्तर्गत सेकेण्डरी तथा युनिभर्सिटी तहमा अध्ययनरत विद्यार्थीहरूलाई हौसलास्वरूप पुरस्कार तथा कदरपत्रद्वारा सम्मान तथा  नयाँ आजीवन तथा साधारण सदस्यहरूलाई सदस्यतापत्र प्रदान गर्ने कार्यक्रम भने माैसमकाे प्रतिकुलताकाे कारण स्थगित गर्नुपरेकाे समाजले जनाएकाे छ ।

सम्बन्धित खबर