‘थाङ् होक्तानाम्दा’ (फोटोफिचर)

  • संखुवासभा
  • ११ बैशाख २०८१
‘थाङ् होक्तानाम्दा’ (फोटोफिचर)

विवाह सामाजिक एवं प्राकृतिक नियम पनि हो । याक्खा जातिमा मागी र भागी दुवै किसिमको विवाह प्रचलनमा छ । विवाह जसरी गरे पनि यसमा हुने कर्मकाण्डहरु भने समान हुन्छ । दुलहाको घरमा गरिने र दुलहीको घरमा गरिने कर्मकाण्डमा भने भिन्नता छ ।

खुसीको अवसर भएकाले विवाहमा भोजभतेर र नाचगान प्रशस्त गरिन्छ । युवायुवतीहरु पाहुना आएका सोल्टी-सोल्टिनीसँग ख्यालठट्टा गर्दै धान नाच्दछन् । विवाहको तयारीदेखि पाहुना नफर्कुन्जेल विवाहघरमा विवाहको चहलपहल रहन्छ । यसरी विवाहमा हुने विविध कर्मकाण्ड, भोजभतेर, नाचगान लगायतको समग्र कार्यलाई याक्खा भाषामा ‘थाङ् होक्तानाम्दा’ भनिन्छ ।

(तस्विर : ज्योति जिमी याक्खा, तुमोक, दशमझिया।)

सम्बन्धित खबर