आज राति १२ बजेबाट प्रचार गर्न निषेध
निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएकाे छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।
प्रतिनिधिसभातर्फ इलाम-२ र प्रदेशतर्फ बझाङ-१ को १ मा उपनिर्वाचन हुँदैछ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।