छुम्माको प्रदेश अधिवेशन तयारी तीव्र

  • धनकुटा
  • १२ बैशाख २०८१
छुम्माको प्रदेश अधिवेशन तयारी तीव्र

महालक्ष्मी नगरपालिकाका प्रमुखसँग भेट गर्दै छुम्मा टोली ।

किरात याक्खा छुम्माले प्रदेश १ को प्रथम अधिवेशनका लागि आवश्यक तयारीलाई तीव्रता दिएको छ । तयारीअन्तर्गत विभिन्न उपसमिति गठनसमेत भइसकेको छुम्माको प्रदेश कार्य समितिले जनाएको छ ।

अधिवेशनलाई लक्ष्यअनुरुप व्यवस्थित ढंगले सम्पन्न गर्न पटक-पटक बैठक र छलफल तथा सोहीअनुरुपको कामहरु भइरहेको छुम्माकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं प्रदेश १ इञ्चार्ज अन्जना ताम्लीले जानकारी दिइन् । ‘प्रदेश सचिवालय मातहत रहनेगरी समिति, उपसमितिहरु गठन गरेका छौं । समिति र हरेक उपसमितिले संयुक्त तथा छुट्टाछुट्टै बैठक गरेर कार्ययोजनाहरु बनाउँदै अगाडि बढिरहेका छौं,’ उनले भनिन् ।

उपाध्यक्ष ताम्लीका अनुसार छुम्माको संयुक्त टोलीले विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुसँग भेटघाट पनि गरिरहेको छ । ‘हामीले धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राय र तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङसँग भेट ग¥यौं । उहाँहरुले यो अधिवेशन र याक्खा जातिको संस्कार, संस्कृति उत्थानका लागि आर्थिक, नैतिकलगायत सबै किसिमले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ,’ उनले बताइन् ।

आगामी जेठ १५ गते धनकुटामा हुने अधिवेशनले छुम्माको प्रदेश कार्य समिति चयन गर्नेछ । सोही अवसरका छुम्माको प्रदेश समितिद्वारा प्रकाशित स्मारिकाको सार्वजनिक गर्ने कार्यतालिका छ । उद्घाटन सत्रमा डोकेनी नृत्यको प्रतियोगिता पनि आयोजना गर्न लागिएकाे उपाध्यक्ष ताम्लीले जनकारी दिइन् ।

सम्बन्धित खबर