पर्खिरहेछ टीएमजे (फोटोफिचर)
ऐंसेलुखर्कमा स्थापना गर्न निर्माण भइरहेको सालिक ।
‘गुराँसको राजधानी’ भनिने टीएमजे (तीनजुर-मिल्के-जलजले) क्षेत्रमा खास गरेर चैतको मध्यदेखि वैशाखको अन्तिमसम्म भ्रमण गर्नु उपयुक्त हुन्छ । किनकि, यो समय टीएमजे गुराँसले ढकमक्क हुन्छ । टीएमजेमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिको गुराँस पाइन्छ । प्रजातिअनुसार गुराँसको फुल्ने समय फरक हुन्छ । तुलनात्मक रुपले उच्च क्षेत्र जलजलेमा जेठसम्मै गुराँस फुलेको देख्न पाइन्छ ।
कोशी राजमार्गले तेह्रथुमको बसन्तपुरनजिक टुटेदेउराली छुन्छ । त्यहाँदेखि सुरु हुने सडक तीनजुरे, मिल्के, जलजले हुँदै ताप्लेजुङका विभिन्न गाउँसम्म पुग्छ । बिचमा विभिन्न बजारहरु भेट्न्छिन् । जहाँ खान, बस्नको सुविधा उपलब्ध हुन्छ । धरानबाट धनकुटा हुँदै बसन्तपुरसम्म पुग्न सकिन्छ । तुम्लिङ्टार विमानस्थलबाट चैनपुर, मुढेशनिश्चरे भएर पनि टुटेदेउराली पुग्न सकिन्छ । टीएमजे क्षेत्रले संखुवासभा, तेह्रथुम र ताप्लजुङ जिल्लालाई छुन्छ ।
टीएमजे क्षेत्र ‘गुराँस पर्यटन’को लागि परिचित छ । खासगरी बसन्त ऋतुको यामभरि यहाँ पर्यटकको घुइँचो लाग्छ । यति बेला टीएमजेका डाँडापाखासमेत गुराँस फुलेर रंगीन बनेको छ । अर्थात् झकिझकाउ गुराँस फुलाएर पर्यटकका पर्खाइमा छ टीएमजे ।
(तस्विरहरू: योगेन लिंथेप, नारायण कार्की, योगेन्द्र ओझा ।)