इलाम-२ मा मतदान जारी

इलाम-२ मा मतदान जारी

प्रतिनिधिसभा सदस्यका लागि भइरहेकाे उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र-२ मा आज बिहान ७ बजेदेखि मतदान जारी छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा मतदाताको नाम हुनुपर्नेछ । इलाम-२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । यसमध्ये ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिंगी छन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचन भइरहेकाे हाे । १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

सम्बन्धित खबर