बिरामी चेलीलाई आर्थिक सहयोग

बिरामी चेलीलाई आर्थिक सहयोग

आइटीपी (शरीरमा सेतो रगतको निर्माण बन्द हुने अवस्था) रोगबाट अढाई बर्षदेखि ग्रसित १६ वर्षीय ममिता देवानलाई आर्थिक सहयाेग प्राप्त भएकाे छ ।

युकेमा रहेका संखुवासभा र पाँचथरका १० जना देवान दाजुभाईहरुले चेली ममिताको पूर्ण स्वास्थ्य लाभको लागि एक लाख रुपैयाँ सहयोग गरेकाे किरात याक्खा छुम्माका केन्द्रीय सदस्य धनबहादुर देवानले जानकारी दिए । साे रकम बिरामीले प्रयाेग गरिरहेकाे बैंक खातमा जम्मा गरिएकाे र गत सोमबार बुद्धनगरस्थित उनकै डेरामा पुगी स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएकाे छुम्माका केन्द्रीय सदस्य देवानले बताए ।

बिरामी ममिताकाे गत चैत १७ गते ललितपुरको पाटन अस्पतालमा अपरेसन भएकाे थियाे । अपरेसनमार्फत फियो फ्याँकिएपछि लामो समयसम्म उनलाई पहिलेजस्तो जटिल समस्या नआउने डाक्टरहरुकाे भनाइ रहेकाे ममिताका दाजु प्रेमराजले बताए । हालः उनी औषधि सेवन गर्दै डाक्टरकाे परामर्शअनुसार अस्पतालमा नियमित परीक्षणहरू गराइरहेकी छन् ।

उनकाे स्थायी ठेगाना पाँचथरकाे तुम्बेवा गाउँपालिका-१, आङना हाे ।

सम्बन्धित खबर