देशभरका विपन्न बिरामीको नि:शुल्क उपचार गर्ने मेयर बालेन साहको घोषणा, के-के चाहिन्छ कागजात ?
काठमाडौं महानगरपलिकाका प्रमुख बालेन साहले देशका जुनसुकै भागका गरिब तथा असहायको उपचार निःशुल्क गर्ने बताएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सम्बन्धित स्थानीय तहको सिफारिस लिएर आए महानगरले निःशुल्क उपचार गर्ने बताएका हुन् । महानगरसँग ५२ अस्पतालका ३७४ बेड रहेको उनले जानकारी दिएका छन् । ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौ महानगर आउनुहोला,’ उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’
टाेलछिमेकमा काेही बिरामी याे वर्गमा पर्ने भए काठमाडौं महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि प्रमुख साहले अनुराेध गरेका छन् ।
विपन्न र असहाय बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजात:
१. नेपाल सरकार / प्रदेश सरकार/ स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजात/ परिचय पत्र वा,
२. राष्ट्रिय परिचयपत्र / नेपाली नागरिकता प्रमाण पत्र/ जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र,
३. रोग पहिचान भए सोको कागजपत्र र,
४. अनुसूची-५ को आधारमा सम्बन्धित स्थानिय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची- ४ अनुसारको सर्जमिन गरेको कागज र,
५. सम्बन्धित स्थानीय तहको वडा कार्यालयले उपचारको लागि अनुसूची- ३ अनुसारको सिफारिस गरेको पत्र,
बेवारिसे बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजात:
१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, बिपन्न तथा वेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्य उपचार निशुल्क प्रदान गर्नु पर्नेछ ।