आगलागी र डढेलोबाट नागरिकलाई बचाउन आग्रह
राष्ट्रिय मानवअधिकार आयाेगले आगलागी र डढेलोबाट नागरिकलाई बचाउन सरकारलाई आग्रह गरेकाे छ । आयाेगका तर्फबाट प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै आगलागी र डढेलोका घटनाहरूबाट नागरिकको जीउधनको क्षति राेक्न सरकारसँग आग्रह गरेका छन् ।
आगलागीकाे घटनामा तत्कालै राहत व्यवस्थापन हुन नसक्दा प्रभावितहरू थप समस्यामा परेको देखिएको आयाेगले बताएकाे छ । आयाेगका अनुसार विगत एक वर्षमा आगलागी तथा डढेलोबाट १ सय १४ जना नागरिकको मृत्यु भएको छ । पछिल्लो एक महिनामा मात्र १४ जनाको आगलागी र आठ जनाको डढेलोमा परी मृत्यु भएको जानकारी प्राप्त भएको आयाेगले जनाएकाे छ ।
सुरक्षाकर्मी तथा स्थानीवासीहरू पूर्वतयारी तथा पर्याप्त सुरक्षा उपकरणबिना आगलागी नियन्त्रणमा परिचालित हुँदा थप मानवीय क्षति भएको पाइएको पनि आयाेगले जनाएकाे छ । ‘अतः आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, तालिम, पूर्वतयारी, सुरक्षा, प्रतिकार्यलगायतका विषयमा उचित व्यवस्था गर्न तथा आमसञ्चार माध्यममार्फत सचेतनामूलक सामग्रीको प्रकाशन तथा प्रशारणमा थप जोड दिन आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति :