माङसेबुङमा थेगिमलाई उल्लेख्य मत

माङसेबुङमा थेगिमलाई उल्लेख्य मत

इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिमले माङसेबुङ गाउँपालिकाबाट उल्लेख्य मत प्राप्त गरेका छन् । उनले साे गाउँपालिकाकाे वडा नम्बर ५ बाट ८६ प्रतिशत मत प्राप्त गरेका छन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको आश्रम रहेको माङसेबुङ गाउँपालिका-५ मा थेगिमले १ हजार ३२ मत प्राप्त गर्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ६९ र नेपाली कांग्रेसका डम्बर खड्काले ४९ मत प्राप्त गरे  । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ३ मत पाए । उनीभन्दा बढी स्वतन्त्र उम्मेदवार राज वश्यालले ८ मत, अर्जुन बहादुर शाहीले ५ र नेपाली जनता दलका रेशमबहादुर सुनारले ४ मत पाए । माङसेबुङ-५ मा कुल २ हजार ७ मतदाता रहेकोमा १ हजार १ सय ९२ मत खसेको थियो । १७ मत बदर भएको छ ।

थेगिमले वडा नम्बर १ मा ३७२, २ मा ३१७, ३ मा ६४०, ४ मा १६२ र ६ मा ११६ मतसहित २६३९ मत पाए । एमालेका सुहाङ नेम्बाङले वडा नम्बर १ मा ४११, २ मा ५८६, ३ मा ५१९, ४ मा ४११, वडा ५ मा ६९ र ६ मा ५९० गरी २५९१ मत पाए । माङ्सेबुङमा रास्वपाका मिलन लिम्बू सबैभन्दा कमजोर देखिएका छन् । उनले वडा नम्बर १ मा ३६, २ मा ९६, ३ मा ४२, ४ मा ८, ५ मा ३ र ६ मा ५८ सहित २ सय ४३ मत पाए ।

सम्बन्धित खबर