साकेला सिली र केलाङ प्रशिक्षण सुरू

साकेला सिली र केलाङ प्रशिक्षण सुरू

लुभु लामाटारस्थित ससम्भु चाैरमा साकेला शिली, ढोल झ्याम्टा, केलाङ (च्याब्रुङ) प्रशिक्षण कार्यक्रम सुरु भएको छ । किरात समाज ललितपुरकाे आयोजनामा  मंगलबारदेखि निशुल्क प्रशिक्षण सुरू भएकाे हाे ।

समाजका अनुसार प्रशिक्षण दुई हप्तासम्म हरेक बेलुकी पाँचदेखि ७ बजेसम्म सञ्चालन हुनेछ । प्रशिक्षण लिन चाहानेहरूले समाजकाे सांस्कृतिक विभागमा सम्पर्क राख्न वा प्रशिक्षणस्थलमा उपस्थित हुनुपर्नेछ । साकेला, केलाङ लगायतका किरात संस्कृतिहरू नयाँ पुस्तालाई सिकाएर सांस्कृतिक सम्पदाकाे जगेर्ना गर्न र यसकाे माैलिकता कायम राख्न प्रशिक्षण कार्यक्रम सहयाेगी बन्ने समाजकाे अपेक्षा छ ।

प्रशिक्षणकाे उद्घाटनमा आर्थिक तथा नैतिक सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएकाे समाजका सांस्कृतिक विभाग संयोजक सञ्जय राईले जानकारी दिए ।

सम्बन्धित खबर