छुम्माले तोक्यो प्रदेश सम्मेलनको मिति

छुम्माले तोक्यो प्रदेश सम्मेलनको मिति

किरात याक्खा छुम्माले कोशी प्रदेश कार्य समितिको प्रथम सम्मेलन हुने मिति तोकेको छ । यसअघि यही जेठ १५ गते हुने भनिएको सम्मेलन तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

पछिल्लो घोषणअनुसार आगामी असार १ र २ गते धनकुटाबजारमा सम्मेलन हुने तय भएको हो । सम्मेलनमा कोशी प्रदेशका आठ जिल्ला र पालिकास्तरका ३८ वटा समितिबाट प्रतिनिधिहरु सहभागी हुने बताइएको छ । सम्मेलनबाट नयाँ कार्यसमितिसमेत चयन हुनेछ ।

राज्य पुन:संरचनाअनुसार छुम्माले पनि सांगठनिक संरचना बनाएको हो । यसपछि प्रदेश, जिल्ला र पालिका समितिमा सम्मेलन भइरहेका छन् । छुम्माको छैठौं महाधिवेशन २०७९ साल चैत २५ र २६ गते सुनसरीको धरानमा सम्पन्न भएको थियो ।

छुम्माका अनुसार चौथो महाधिवेशनले सभा खोलाको दक्षिण, पूर्वमा तीनजुरे-मिल्के, दक्षिणमा धनकुटाको बन्चरेखोला र पश्चिममा अरुण नदी भित्रको भू-भाग याक्खा जातिको थाकथलो ‘याक्खालेन’ भनी निर्धारण गरेको छ । याक्खालेनभित्र पाँचखपन, पाँचमझिया र दशमझिया गरी तीनवटा ऐतिहासिक थुम रहेका छन् । उल्लेखित क्षेत्रभित्र संखुवासभाको अधिकांश र धनकुटाको उत्तरी भू-भाग पर्छ ।

किन स्थगित भयो छुम्माको प्रदेश अधिवेशन ?

सम्बन्धित खबर