यलम्बरको सालिक अनावरण

  • विराटनगर
  • २२ बैशाख २०८१
यलम्बरको सालिक अनावरण

मोरङको पथरीशनिश्चरे-१, बजारमा यलम्बरकाे सालिक स्थापना गरिएकाे छ । पथरीशनिश्चरे नगरको बजेटबाट निर्माण भएको साढे पाँच फिच उचाइकाे ढलोटको सालिक स्थापना भएको हो ।

पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापाेले सालिककाे अनावरण गरेका हुन् । सालिक निर्माणका लागि नगरपालिकाबाट ९ लाख ९४ हजार बजेट विनियोजन भएकाे थियाे । यसअघि संघीय सरकारबाट प्राप्त १४ लाख १० हजार र स्थानीयबाट १ लाख ८ हजार रूपैयाँ जुटाएर सालिक राख्ने बेस निर्माण भएको थियो ।

काठमाडाैंमा शासन गर्ने पहिलाे किरात राजा यलम्बरकाे यसअघि पनि विभिन्न स्थानमा सालिक स्थापना गरिएकाे छ ।

सम्बन्धित खबर