आगलागी पीडितलाई राहत वितरण

आगलागी पीडितलाई राहत वितरण

धर्मदेवी नगरपालिका-३, मुढेशनिश्चरेबजारमा भएको आगलागीका पीडितलाई राहत उपलब्ध गराइएको छ । स्थानीयस्तरमा संकलित केही नगद र सरसामान शुक्रबार पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

नगद एक लाखसहित खाद्यान्न, लत्ताकपडा, भाडाकुँडा, त्रिपाल, कम्बल लगायतका सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपमन्त्री अर्जुनकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार जिन्सी सामग्री करिब ३० हजार रुपैयाँ बराबरको रहेको छ ।

सो राहत रकम तथा सामग्री रेडक्रस उपशाखा तामाफोक, उद्योग वाणिज्य संघ मुढेशनिश्चरे, बजार व्यवस्थापन समिति, नाइन स्टार क्लब, प्रहरी चौकी, राजनैतिक दल, जनप्रतिनिधि सहितको टोलीले स्थानीय स्तरमा संकलन गरेको उपमन्त्री बस्नेतले बताए ।

बिहीबार साँझ ९ बजे भएको आगलागीबाट रुद्र जिमीको दुईवटा घर पूर्ण क्षतिग्रस्त भएको थियो ।

सम्बन्धित खबर