आजदेखि वागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा

  • काठमाडौं
  • २४ बैशाख २०८१
आजदेखि वागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा

आजदेखि वागमती प्रदेशमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा प्रयाे ग हुने भएकाे छ । प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई आजदेखि व्यावहारिक रुपमा प्रयोगमा ल्याइने बताए ।

मन्त्री बज्राचार्यले आज बिहान काठमाडौंको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको उद्घाटन गर्ने उनले जानकारी दिएका छन् । प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनीमन्त्री गंगानारायण श्रेष्ठले बताए ।

उक्त भाषा प्रयोगमा ल्याइएको खुसीयालीमा हुने कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न संस्कृतिमन्त्री बज्राचार्यको अध्यक्षतामा तीन सय पाँच सदस्यीय आयोजक समिति बनाइएको छ ।

वागमती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरेकाे थियाे ।

सम्बन्धित खबर