वनमा आगो लगाउने व्यक्तिबारे सूचना दिन अनुरोध
सामुदायिक वनमा आगो लगाउने व्यक्तिबारे सूचना दिन जिल्ला प्रहरी कार्यालय संखुवासभाले अनुराेध गरेकाे छ । कार्यालयले केही समययता वन क्षेत्रमा आगलागीकाे घटना भइरहेकाे जनाउँदै त्यसबारे सूचना दिन अनुराेध गरेकाे हाे ।
‘विगत केही समयदेखि जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा आगलागीको घटना भइरहेकोमा आगो लगाउने व्यक्तिउपर कानूनी कारबाहीको लागि भरपर्दो सूचना गोप्य रूपमा दिनु हुन समेत हार्दिक अनुरोध गर्दछ,’ जिल्ला प्रहरी कार्यालयले फेसबुकमार्फत सूचना सार्वजनिक गरेकाे छ ।
वैशाख २० गते बेलुकी साढे सात बजे खाँदबारी नगरपालिका वडा नं.-१०, चन्दनपुरस्थित कात्तिके सामुदायिक वनमा भएकाे आगलागी खाँदबारी नगरपालिकाकाे दमकलकाे सहयाेगमा प्रहरीसहित अन्य सुरक्षा निकाय र स्थानीयवासीले नियन्त्रणमा लिएकाे थियाे ।