मादीमा ‘प्रजनन रुग्णता शिविर’ आयोजना हुने
मादी नगरपालिकाको आयोजनामा दुईदिने ‘प्रजनन रुग्णता शिविर’ आयोजना हुने भएको छ । शिविर यही वैशाख २८ र २९ गते मादी नगर अस्पतालमा सञ्चालन हुने भएको हो ।
सो निशुल्क स्वास्थ्य शिविरमा पिसाब चुहिने, पाठेघर खसेको, सेतो पानी बग्ने, महिनावारी गडबढी हुने, पाठेघरको मुखको क्यान्सर र बाझोपनासम्बन्धी परीक्षण गरिने नगरपालिकाले जनाएको छ । यस्ता समस्या भएका महिलासम्म सूचना पुर्याई नजिकैको वडाको स्वास्थ्य संस्थाबाट सिफारिससहित शिविरमा उपस्थित गराइदिन सम्बन्धित वडाहरुलाई आवश्यक व्यवस्थापनका गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
वडा नम्बर १ देखि ४ सम्मका लागि वैशाख २८ र ५ देखि ९ सम्मका लागि २९ गते स्वास्थ्य परीक्षण हुने नगरपालिकाल जनाएको छ ।