मुख्यमन्त्रीका लागि दाबी पेश, प्रदेशसभा सदस्यहरुलाई सनाखतका लागि बोलाइयो
कोशी प्रदेश सरकार गठनका लागि गठबन्धन दलले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेको छ । बिहीबार प्रदेश प्रमुख कार्यालयमा गठबन्धन दल नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा माओवादी केन्द्र, जसपा लगायतको समर्थनमा दाबी पेश गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गरेका प्रदेशसभा सदस्यहरुलाई सनाखतका लागि बोलाएका छन् । कार्कीको समर्थनमा ५२ जना प्रदेशसभा सदस्यहरुले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाएका छन् । सनाखतपश्चात कार्कीलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ ।
काेशी प्रदेशका कामु मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङले गरेको आह्वान असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।