कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशकाे मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् ।नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुखले संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदकाे समर्थन छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ ।

उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरिएकाे थियाे । सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घाेषणा गरेका हुन् ।

सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वाेच्च अदालत पुगेका छन् ।

सम्बन्धित खबर