पाथीभरा क्षेत्रमा भएको वन फँडानीविरूद्ध बन्द आव्हान
ताप्लेजुङको पाथिभरा मन्दिर जाने मार्गमा केबलकार निर्माण गर्ने कार्यविरुद्ध आन्दोलनरत पक्षले बुधबार यातायात बन्दकाे आव्हान गरेको छ ।
मेची राजमार्ग र तमोर करिडोर सडक बन्दको आह्वान गरिएको हाे । बन्दकाे कारण ताप्लेजुङ, पाँचथर, इलाम, झापा लगायतका क्षेत्रकाे यातायात प्रभावित बनेकाे छ ।
केबलकार निर्माण गर्दा सांस्कृतिक महत्त्व घट्ने भन्दै किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ लगायतले विरोध गर्दै आएका छन् । कुनै हालतमा केबलकार बन्न नदिन संघर्ष समिति गठन गरेर उनीहरुले आन्दोलन गरिरहेका छन् ।
केबलकार निमार्णका लागि बैशाख ३० गतेबाट रुख काट्न थालिएको छ । केबलकारको रुटमा पर्ने रुख काट्न थालिएपछि विरोधमा रहेकाहरु थप आक्रोशित बनेका हुन् ।