कोशीमा कुन मन्त्रालय कसलाई ?
कोशी प्रदेशमा शुक्रबार मन्त्रिमण्डल विस्तार भएको छ । ७ मन्त्री र २ राज्यमन्त्रीसहित सरकार भएकाे हाे ।
नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ र नवनियुक्त राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ ग्रहण गराए।
आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लीलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की नियुक्त भएका छन् । त्यसैगरी, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री कार्की आफैँ र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका हुन् ।
दुई राज्यमन्त्रीहरू सिर्जना राई मुख्यमन्त्री कार्यालय र वन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
यससँगै कोशीको मन्त्रीमण्डल १० सदस्यीय बनेको छ । संविधानको धारा १६८ (५) अनुसार अघिल्लो हप्ताको बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले उपधारा ४ अनुसार वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।