मिरमिरेमा नेतृत्वसहित चार पदाधिकारी पुन: निर्वाचित
धर्मदेवी नगरपालिका-२, तामाफाेकमा अवस्थित मिरमिरे युवा क्लबमा नेतृत्वसहित चार पदाधिकारी पुन: निर्वाचित भएका छन् । बिहीबार सम्पन्न क्लबकाे आठौं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
समितिकाे अध्यक्षमा प्रेम कुमार जिमी सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा ज्योति जिमी, सचिवमा मनोज जिमी, सहसचिवमा सुनिल जिमी र कोषाध्यक्षमा टिकाराज जिमी पनि सर्वसम्मत भएका हुन् । सहसचिवबाहेक अन्य पदाधिकारी दाेस्राे कार्यकालका लागि चयन भएका हुन् । सदस्यहरूमा स्मृति जिमी, अजय जिमी, पूर्ण जिमी, विक्रम जिमी, निला जिमी र उदिप जिमी रहेका छन् । सदस्यहरू समेत सर्वसम्मत चयन भएकाे अध्यक्ष जिमीले जानकारी दिए ।
साे विशेष साधारणसभामा निवर्तमान कार्यसमितिले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेकाे थियाे । मिरमिरे क्लबकाे स्थापना २०६५ सालमा भएकाे हाे ।