सगरमाथा: आरोहीको भीड र कमाईको कीर्तिमान
हाम्रो देश नेपालमा विश्वकै अग्लो हिमाल ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’लगायत हिमाल रहेका छन् । यी हिमालहरु आरोहण गर्न आएका विश्वका विभिन्न पर्वतारोहीले यो वर्षको सिजनमा केवल ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ हिमालका मात्रै लगभग ५३ करोड नेपाली रुपैयाँ सलामीे दस्तुर तिरेका छन् । जुन रकम विभिन्न देशका ३५२ जना पर्वतारोहीले शुल्कबापत नेपाल सरकारको मातहत रहेको पर्यटन विभागलाई तिरेको हो । हुन त अति जातिवादी सोचजस्तो लाग्न पनि सक्छ । तापनि तीनवटा नाम ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ प्रयोग गर्ने–लेख्ने प्रयास गरिएको छ । हुन पनि खोज्दै जाँदा सगरमाथाको नाम झण्डै डेढ दर्जन रहेको देखिन्छ, भेटिन्छ ।
जे भए पनि ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्नेहरुको संख्या (सन् २०२३ को स्प्रिङ सिजन, २०८० सालको वैसाख–जेठसम्ममा) जम्मा ११ हजार ९९६ जना पुगिसकेको छन् । स्मरण रहोस्, यो संख्या कसैले दोहोर्याएर, कसैले तेहेर्याए, कसैले कयौंपटक विश्वका ५ हजार ८९९ जना क्लाइन्ट (पैसा तिरेर सगरमाथा आरोहण गर्न आएका विदेशी र्पातारोही र ६,०९७ जना शेर्पा पैसा तिरेर सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरुले भाडामा लिएका वा भनौं सहयोगीका रुपमा पैसा तिरेर कामदारका रुपमा लिएका शेर्पा गरेर) ११ हजार ९९६ पटक ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ हिमालको शिरमा मानव पाइलाले स्पर्श गरेको छ । वा भनौं ११ हजार ९९६ पटक ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ हिमालको शिरमा मानिसले पाइला राख्न सफल भएका छन् । (स्रोतः अमेरिकी पर्वतारोही तथा पर्वतारोहण प्रशिक्षक अलान–एलेन आर्नेट्टेको ब्लग ।)
‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ आरोहणको इतिहासबारे र सगरमाथाको उचाईका सम्बन्धमा लेखिने छ । ‘एभरेस्ट’ वा ‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाको नामहरु अनेक अड्कल गरिएका थिए । जस्तै ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५औं चुली’लगायत डेढ दर्जनभन्दा बढी नामहरु अड्कल गरिएका थिए । तर, पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमालहरु अलग्गै हुन् भन्ने पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । अभैm पनि पर्वतारोहण क्षेत्रमा लागेका पर्वतारोहीहरु र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरु (धेरैजसो विदेशी लेखकहरुले) ले चाहिँ ‘चोमोलुङमा’ भनी लेखेको÷बोलेको पाइन्छ/देखिन्छ । स्मरणीय छ, सन् १८५६ मा बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’ को नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखिएको थियो । सो बेला सर जर्ज एभरेस्ट भने आप्mनो सेवा अवधि सकेर इङल्यान्डमा ‘रिटायर लाइफ’ बिताइरहेका थिए । उनले सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । (नोटः माथिका विभिन्न नामहरुमध्ये केही नामहरु ‘टु द थर्ड पोल’ नामक किताबबाट लिइएको हो ।)
त्यस्तै ‘सगरमाथा’को उचाईका सम्बन्धमा पनि सुरु–सुरुमा एकरुपता थिएन । जस्तै आठ हजार आठ सय ८८ मिटर, आठ हजार आठ सय ४० मिटर, आठ हजार आठ सय ५० मिटर, कहिले आठ हजार आठ सय ७२ मिटर, आठ हजार आठ सय ४४.४३ मिटर, आठ हजार आठ सय ४८ मिटर आदि भनी प्रचारमा ल्याइने गरिन्थ्यो । यस्तो काम बढीजसो युरोप महादेश र उत्तर अमेरिकी महादेशका पर्वतारोहीहरु र लेखकहरुले गर्ने गरेका थिए । नेपालले आधिकारिक मान्दै आएको उचाई आठ हजार आठ सय ४८ मिटर जुन थियो, त्यो उचाई सन् १९५४ मा सर्भे अफ इन्डियाले गरेको नापजाँचको आधारमा निकालिएको उचाई थियो । स्मरणीय छ, चीनतर्फबाट सगरमाथा चढ्ने पर्वतारोहीहरुलाई चीन सरकारले प्रमाणपत्र दिँदा गत वर्षसम्म पनि आठ हजार आठ सय ४४ मिटरकै प्रमाणपत्र दिने गरेको थियो । जे भए तापनि नेपाल र चीन दुवै देशको ‘भद्र सहमति’मा सगरमाथाको नयाँ उचाई आठ हजार आठ सय ४८.८६ सेन्टीमिटर कायम भएको छ । यसले गर्दा अबका दिनमा चीन तर्पmबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरुलाई चीन सरकारले दिने प्रमाणपत्रमा ‘आठ हजार आठ सय ४८.८६ मिटर’ नै कायम होला भन्ने आशा गर्न सकिन्छ । सर्वप्रथम सन् १८५२ मा सगरमाथाको उचाई आठ हजार ४० मिटर मानिएको थियो । पछि आएर व्यक्ति (पर्वतारोही तथा लेखकहरु) र देशैपिच्छे सगरमाथाको उचाई फरक–फरक मान्न थालियो । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा त सगरमाथाको उचाई आठ हजार ७२ मिटर लेखिएको छ । त्यस्तै फ्रेञ्च जोडीले लेखेको किताबमा सगमाथाको उचाई आठ हजार आठ सय ४२ मिटर मात्रै लेखिएको छ ।
‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’ आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा ३४ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल ‘चोमोलुङमा–सगरमाथा–एभरेस्ट’को शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड पर्सिभल हिलारीले प्रथम मानवका रुपमा सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए । त्यसअघि सन् १९५१ मा सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु/सन्दकपुर (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर) तेङबोचे हुँदै नेपाल तर्फबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरुले पनि विगतका आरोही दलहरुले जस्तै सफलता पाउन सकेनन् । सन् १९५२ मा अर्को स्वीस टोलीले पनि नेपालतर्फबाटै एकै वर्षमा दुईपटसम्म सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए, उनीहरुले पनि सगरमाथा आरोहण गर्नमा पूर्ण रुपमा सफलता पाएनन् । तर, उनीहरु वर्षात् अघिको प्रयासमा आठ हजार पाँच सय ९५ मिटरसम्म र वर्षातपछिको प्रयासमा आठ हजार १६ मिटरको उचाईसम्म पुग्न सफल भएका थिए । सम्भवतः सगरमाथा आरोहणको इतिहासमा त्यो उचाईसम्म पुग्ने पहिलो टोली त्यही स्वीस पर्वतारोही टोली नै थिए ।
उता धेरै कम मानिसहरुलाई मात्रै थाह छ कि, सगरमाथा हिमालको भविश्यबारे । किनभने यो हिमाल धरतीमा रहेको हिमशिखरमध्ये सबैभन्दा अग्लो हिमाल हो । त्यसैले यो हिमालको शिरमा एकपटक आफूले पाइला राख्न पाए हुन्थ्यो भनी सपना देख्नु जुनसुकै पर्वतारोहीहरुका लागि अनौठो होइन । सगरमाथा हिमाल आरोहण गर्न आएका विदेशी तथा स्वदेशी पर्वतारोहीहरुका साथ जाने सहयोगी (सरदार, गाइड–शेर्पा, किचेन ब्वाई, पोस्ट म्यान, एल्टिच्युड पोर्टर, कुक, सम्पर्क अधिकृत) समेत गन्ती गर्दा सिजनमा १३–१४–१६–१७–१८ सय जनाको भीड सगरमाथा हिमालको आधार शिविरमा दुई महिनादेखि साढे दुई महिनासम्म रहने गरेका छन् ।