३४ जनालाई अक्खा लिपि प्रशिक्षण
धरानमा ३४ जनालाई अक्खा लिपि प्रशिक्षण दिइएकाे छ । धरान उपमहानगरपालिकाको सहयोग र नेपाल मगर संघ धरान उपमहानगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएकाे हाे ।
धरान-१४ स्थित आइडियल स्कुलमा सञ्चालित प्रशिक्षणमा सहभागीमध्ये २५ जना महिला थिए । प्रशिक्षण गत वैशाख ३० देखि जेठ ५ गतेसम्म सञ्चालन भएकाे मगर संघ, धरानले जानकारी दिएकाे छ । संघका अनुसार जुनी थापा मगर र अलिशा मगरले प्रशिक्षण दिएका थिए ।
हालसम्म धरानका ८ वटा प्रशिक्षण सम्पन्न भइसकेको छ । अक्खा लिपिकाे महत्वबारे बुझाउँदै यसकाे संरक्षण र प्रयाेगलाई व्यापक बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएकाे संघले जनाएकाे छ ।