हात्तीवनमा उभौलीको उल्लास (फोटोफिचर)

हात्तीवनमा उभौलीको उल्लास (फोटोफिचर)

किरात समुदायले आज उभाैली पर्व मनाएका छन् । किरात समुदायका याक्खा, सुनुवार, लिम्बू र राई समुदायले याे पर्व मनाउने गर्दछन् । प्रकृतिपूजक यस समुदायले आजको दिन अन्नबाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै प्रकृति र पितृसँग कामना गर्दछन् । यसपछि मंसिरे पूर्णिका दिन भने उधौली पर्वको नाममा मनाउने गरिन्छ । त्यस दिन खेतीबाली राम्रो भयो, अन्नबाली सप्रियो भनी प्रकृति र पितृलाई धन्यवाद दिइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा मनाइन्छ ।

उभौली र उधौलीका दिन किरात समुदायले सामूहिक पूजाआजा पनि गर्दछन् । यस अवसरमा भेटघाट, जमघट र नाचगान भने हप्तौंसम्म हुनेगर्छ । पर्वलाई उल्लासमय बनाउन विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिन्छ । काठमाडाैं उपत्यकामा रहेका किरातहरूले आज ललितपुरकाे सानाे हात्तीवनमा भेला भएर उभाैली मनाएका छन् ।

तस्बिरहरू:

सम्बन्धित खबर