लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन ज्ञापनपत्र

लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन ज्ञापनपत्र

याक्थुङ (लिम्बू) भाषालाई सरकारी कामकाजको भाषामा कार्यान्वयन गराउन माग भएकाे छ । यस्ताे मागसहित कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।

याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहले शुक्रबार कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई ज्ञापनपत्र बुझाइएको अभियन्ता अमित थेवेले जानकारी दिए । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि केहीबेर शान्तिपूर्ण रूपमा धर्ना पनि दिएका थिए ।

काेशी प्रदेशका केही स्थानीय तहमा लिम्बू भाषालाई सरकारी कामकाजकाे भाषाकाे रुपमा प्रयाेग हुँदै आएकाे छ ।

सम्बन्धित खबर