लोकतन्त्रवादी याक्खा संघको प्रदेश समिति गठन

लोकतन्त्रवादी याक्खा संघको प्रदेश समिति गठन

नेपाल लोकतन्त्रवादी याक्खा संघको कोशी प्रदेश समिति गठन भएको छ । धरानमा भएको लोकतन्त्रवादी याक्खाहरूको भेलाबाट समिति गठन गरिएको हो ।

समितिको अध्यक्ष अनिश याक्खा, उपाध्यक्ष मिता याक्खा, सचिव टिकाराम याक्खा, कोषाध्यक्ष कविता याक्खा र सदस्यहरूमा रामकुमार देवान, हेमन देवान, चिरन याक्खा, मनोज थायुम, अनिरुद्रसिंह याक्खा रहेका छन् । भेलामा संघका केन्द्रीय अध्यक्ष लिलामान कोङरेन, नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक रामजी कोङरेन, महाधिवेशन प्रतिनिधि चित्रकला याक्खा, नेपाली कांग्रेस संखुवासभा (ख) क्षेत्रीय कोषाध्यक्ष रमेश जिमी अतिथि थिए ।

नेपाली कांग्रेसनिकट याक्खाहरू आवद्ध संघको स्थापना २०७९ सालमा भएको हो ।

सम्बन्धित खबर