बिष्फोटक पदार्थसहित सभाखोलाबाट दुई युवक पक्राउ

बिष्फोटक पदार्थसहित सभाखोलाबाट दुई युवक पक्राउ

चैनपुर नगरपालिका वडा नम्वर-११ मा रहेको अस्थायी प्रहरी पोष्ट सभाखोलाले बिष्फोटक पदार्थसहित दुई युवकलाई पक्राउ गरेकाे छ । प्रहरीका अनुसार उनीहरू गत मंगलबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा खाँदबारी नगरपालिका वडा नम्बर-९ तुम्लिङटारका २७ वर्षीय विकास कुमाल र २७ वर्षकै बसन्त कुमाल रहेका छन् । तुम्लिङटारबाट लेगुवातर्फ गइरहेका उनीहरूलाई मोटरसाइकललाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा बिष्फोटक पदार्थसहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।

प्रहरीका अनुसार खाँदबारी नगरपालिका वडा नम्बर-९ तुम्लिङटारका २७ वर्षीय विकास कुमालले बोकेको झोलाबाट डेटोनेटर २ थान, Emulsion Explosives 200g लेखिएको नीओजेल ९०१ को प्याकेट १ थान र कालो बारुद जस्तो पदार्थ १७ ग्रामसमेत बरामद भएको प्रहरीले जनाएकाे छ । मोटरसाइकल बसन्तले चलाएका थिए ।

दुवैलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट मुलुकी अपराध संहिता २०७४, बिष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर