‘पहिचानवादीहरुको राष्ट्रिय शक्ति निर्माण गर्न जरुरत भएकोले सहकार्य र मोर्चाबन्दीमा जुटेका हौं’
तेस्रो जनआन्दोलन तयारी समितिका संयोजक गोपाल किराती र पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावतीले एक संयुक्त अपील जारी गर्दै ‘नेपाल पढ्ने सिद्वान्तमा नेपाली किसिमको राज्यव्यवस्था निर्माणमा बहश केन्द्रित गर्दै श्रमिक, दलित, विस्थापित तथा प्रगतिशीलवर्ग, लिंग, जातजातिवीच सम्पूर्ण साझेदारीको स्वाधीन र समृद्ध नेपाल स्थापनार्थ जिम्मेवार शक्ति र व्यक्तिहरु समक्ष जुझारु सांगठनिक ध्रुवीकरणको पहकदमी लिन’ अपील गरेका छन् ।
पूर्वमा प्रदेश नाम कोशी खारेज आन्दोलन जारी छ । ईलाम २ उपनिर्वाचनमा प्रदेश १ पुनः नामांकन संघर्ष समितिको साझा उमेदवार श्री डकेन्द्रसिं थेगिम विरुद्व शासक दलहरुको खुलेआम गठजोडले स्थितिलाई गम्भीर तुल्याएको पनि संयुक्त अपीलमा उल्लेख छ । ‘प्रहरी प्रशासनको चरम दुरुपयोग, मत खरिद-बिक्रीमा करोडौं भ्रष्टाचारमाथि प्रचण्ड माओवादी केन्द्र र विप्लव नेकपा, अन्ततः कांग्रेस, रास्वपा, राप्रपाले आफ्नो अस्तित्व नामेट पार्दै नम्बर १ पहिचान विरोधी एमाले सामु निर्लज्ज आत्मसमर्पण गरेर हाम्रो साझा उमेदवार विरुद्व जसरी भद्दा प्रहार गरे, पहिचान र अधिकारको आन्दोलन अझ कठोर बनेको प्रष्ट छ । अतः देशव्यापी मोर्चावन्दी र सहकार्य बढाउदै जनआन्दोलन मार्फत प्रगतिशील रुपान्तरणको सार्वभौम राजनीतिक शक्ति निर्माण आजको ठोस कार्यभार बन्न आएको छ,’ अपीलमा भनिएकाे छ ।
अपील :