चौथो आदिवासी जनजाति चलचित्र महोत्सव सुरु
दुई दर्जन बढी चलचित्र प्रदर्शन हुने
नेपाल आदिवासी जनजाति चलतित्र महासंघको आयोजनामा राजधानीमा चौथो चलचित्र महोत्सव सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा तीन दिनसम्म सञ्चालन हुने महाेत्सवमा विभिन्न मातृभाषामा बनेका चलचित्रहरु प्रर्दशन गरिने महासंघका अध्यक्ष पुर्खाजित राइले जानकारी दिए ।
महोत्सवमा २ दर्जन भन्दा बढी मातृभाषी चलचित्र तथा वृत्तचित्रहरुको प्रर्दशन हुने भएको छ । महोत्सवमा निमा शेर्पाले छायाँकन र निर्देशक रहेकाे ‘वर्क स्टोन’ को प्रर्दशन हुने छ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले उक्त बृत्तचित्र निमार्ण गरेको हो भने सम्पादन लोकचन्द्र थापाले गरेका छन् । प्रदर्शनीमा राजवंशी भाषामा बनेको ‘मोख’ पनि रहको छ । दिपनारायण राजवंशीको निर्देशकमा बनेको ‘मोख’ सम्पादन दिपनारायण राजवंशीले गरेका छन् भने निर्माता राजवंशी चलचित्रकर्मी समाज समितिले गरेको हो । हिलारी बन्धु भुजेलको निर्देशकमा बनेको ‘चोवो ल्याम योङ्ग, हौं’ को पनि महोत्सवमा प्रर्दशन हुने छ । कल्पेस विश्वकर्मले सम्पादन गरिएको सो वृत्तचित्रको निर्मातामा भुजेल चलचित्रकर्मी संघ रहेको छ ।
उपनसिंह गुरुङ (मओत्सेतुङ गरुङ)को निर्देशमा बनेको ‘मार्कली’ बृत्तचित्रको सम्पदन छवि रानामगरले गरेका छन् भने निर्माताको भुमिका राम गुरुङ, राजन गुरुङ रहेको छ । यसैगरी अर्को बृत्तचित्र ‘सुगुप’ लिम्बु मातृभाषाको रहेको छ । लोकन साँवा लिम्बु निर्देशक रहेकाे सो वृत्तचित्रको निर्मातामा रबिन कुमार नाल्बो, शैलेन्द्र कुमार र सम्पादन विपिन मल्लले गरेका छन् ।
महोत्सवमा प्रर्दशन हुने अर्को वृत्तचित्र वालुङ मातृभाषामा बनेको ‘फुटुक पर्व’ रहेको छ । यस वृत्तचित्रको निर्देशन दाङिमा शेर्पा रहेका छन् भने निर्मातामा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले गरको छ । अर्को वृत्तचित्र ‘इन्डिजिनियस पुलिस’ निर्देशक इगिल फेडेर्सनले गर्नुभएको छ भने सम्पादन ज्वाकिम सचगेरले गरेका छन् । यस चलचित्रको निर्माताको रुपमा माथिस स्टेल माथिसेन रहेको छ । भिम बहादुर रानामगरको निर्देशकमा बनेको थामी भाषा वृत्तचित्र ‘नेम देवा’ सम्पादन अन्जना राई, विश्वास मगरले गरेका छन् भने निर्मातामा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान रहेको छ ।
कुमार यात्रु तामाङको निर्देशकमा बनेको बोटे समुदायको ‘काजीया’ र राजी समुदायका ‘जेठासी पूजा’ वृत्तचित्रको पनि महोत्सवमा प्रर्दशन हुने भएको छ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको निर्मातमा बनेको यो वृत्तचित्रको छायाँकन र सम्पादन शैलेश डंगोले गरेका छन् । अमृत बहादुर सुनुवारको निर्देकमा बनेको मेचे समुदायको ‘ग्राम पुजा’ को निर्मातामा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान रहेको छ भने सम्पादनमा दिपक तामाङ रहेका छन् । यसैगरी ‘तिजी ल्होपा’ को विषयमा बनेको वृत्तचित्रको निर्देकमा रामचन्द्र थामी रहेका छन् भने निर्मातामा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान रहेको छ ।
यसैगरि ‘घज्याङ’ वृतचित्रको पनि प्रर्दशन रहेको छ । रामशरण माझीको निर्देशकमा बनेको ढोलो पोदो वृतचित्र को सम्पदन राजन खरेलले गरेका छन् भने निर्मातामा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान रहेको छ । बुद्ध मगरले सम्पादन र निर्देशन गरेकाे मगर समुदायको ‘रोस’ को पनि प्रर्दशन हुने छ । यस वृतचित्रको निर्मातामा तुलाजी सारु मगर, गणेश थापा मगर रहेका छन् । तामाङ भाषामा बनेको ‘दार्बुङ’ को निर्देकमा हुत्त बहाादुर तामाङ रहेका छन् भने निर्मातामा लोसाङ लामा, इंकेश लामा र यस चलचित्रको सम्पादन अर्जुन खड्का रहेका छन् ।