मुन्धुम शिक्षा अपरिहार्य, दिगो योजना आवश्यक

मुन्धुम शिक्षा अपरिहार्य, दिगो योजना आवश्यक

इलाममा एक दिने मुन्धुम शिक्षा गोष्ठी सम्पन्न भएको छ । इलाम सदरमुकाममा शुक्रबार सम्पन्न गोष्ठीमा अरुणपूर्व ९ जिल्लाका करिब ५० जना सहभागी थिए ।

गोष्ठीमा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन र संघीय सचिव यासेली योङहाङले ‘मुन्धुम शिक्षा अवधारणा पत्र’ प्रस्तुत गरेका थिए । अवधारणा पत्रमा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङले टिप्पणीसहित सुझाव राखेका थिए । टिप्पणीकर्ताहरूले मुन्धुम शिक्षा अपरिहार्य रहेकोले दिगो व्यवस्थापनको योजनसहित यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यसरी अवधारणा पत्रमाथि टिप्पणी गर्नेहरूमा जिल्ला शाखाहरुको तर्फबाट सुनसरीका मनकुमार लाबुङ, तेह्रथुमका दिल पाक्साँवा, धनकुटाका भक्त लिम्बू, संखुवासभाका खनबहादुर शेर्मा र भक्तबहादुर नेयङ, मोरङका डम्बर कुरुम्बाङ, झापाका धर्म लक्सम्बा, पाँचथरका कमल हाङसरुम्बा रहेका छन् । त्यसैगरी ताप्लेजुङका सरोज कङलिवा, इलामका मोहनसिंह बेघा, दिनेश तुम्बाहाम्फे, रेखा बेघा, चतुरमान फियाक, फुलकुमारी लिम्बू, बखतबहादुर आङदेम्बे, चम्पासिंह ताम्लिङ र टुपेन्द्र येक्तेनले पनि अवधारणा पत्रमाथि टिप्पणीसहित सुझाव राखेका थिए ।

सम्बन्धित खबर