हङकङबाट बिरामीलाई आर्थिक सहयोग

हङकङबाट बिरामीलाई आर्थिक सहयोग

बिरामी ममिता (बिचमा)लाई रकम हस्तान्तरण गर्दै महासचिव याक्खा ।

हङकङमा बसोबासरत याक्खाहरुले आइटीपी (शरीरमा सेतो रक्तकोषको उत्पादन नहुने अवस्था) रोगका बिरामीलाई आर्थिक सहयोग जुटाएका छन् । किरात याक्खा छुम्मा, हङकङका अध्यक्ष टीबी याक्खाको संयोजनमा सहयोग रकम जुटाइएको हो ।

पाँचथरको तुम्बेवा गाउँपालिका-१, आङनाकी १६ वर्षीया आइटीपी बिरामी ममिता देवानका लागि ६ हजार ५ सय ६३ हङकङ डलर संकलन भएको थियो । सो बराबरको १ लाख १४ हजार २ सय रुपैयाँ बुधबार बिरामीलाई हस्तान्तरण गरिएको छ ।

बुद्धनगरस्थित बिरामीको निवासमा रकम हस्तान्तरण गर्दै किरात याक्खा छुम्माका महासचिव सोनाम याक्खाले सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरे । उनले भने, ‘विदेशी भूमिमा रहेर आफ्नो समुदाय र समाजप्रति सहानुभूति दर्शाउँदै पटक-पटक आर्थिक सहयोग गर्नुहुने सबैलाई आभार प्रकट गर्छु । र, यसरी प्राप्त सहयोग रकम नितान्त उपचारमा मात्र खर्च गर्नु हुन पनि मेरो अनुरोध छ ।’

औषधि मात्र सेवन गरिरहनु खर्चिलो हुने र कालान्तारमा औषधिले नै काम नगर्ने जोखिम बढ्ने भएकाले आइटीपी बिरामीका लागि फियो निकाल्नु नै उचित हुने डाक्टरको सल्लाहअनुसार ममिताको गत चैत १७ गते पाटन अस्पतालमा अपरेशन भएको हो । अहिले नियमित औषधि सेवन गर्दै डाक्टरको सिफारिसअनुसार स्वास्थ्य परीक्षण हुने गरेको ममिताकी दिदी सुनिता देवानले बताइन् ।

यसअघि ममिताको उपचारका लागि किरात याक्खा छुम्मा बेलायत र चेलीको उपचारार्थ भन्दै बेलायतमा रहेका देवान परिवारले पनि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

सहयोगीहरू :

सम्बन्धित खबर