मुक्कुम्लुङमा एकै दिन ६ हजार वृक्षारोपण

मुक्कुम्लुङमा एकै दिन ६ हजार वृक्षारोपण

ताप्लेजुङमा अवस्थित मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा वृक्षारोपण अभियानअन्तर्गत पहिलो दिन करिब ६ हजार बिरुवा रोपिएको छ । बिहीबार गुराँस, धुपी, चिमल, रौट सालहा, चाप लगायतका ६ हवार विरुवा रोपिएको अभियानन्ता सरोज कङलिवाले बताए ।

मुक्कुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा २० हजारभन्दा बढी बिरुवा रोप्ने लक्ष्यका साथ अभियान सुरु भएको हो । बिहीकार ४५० जना अभियानकर्मीहरु वृक्षारोपणमा सहभागी थिए । वृक्षारोपणका लागि आवश्यक पर्ने विरूवा सामुदायिक वनमा रहेका नर्सरी र्फाम, वन कार्यालयअन्तर्गतका नर्सरीहरूबाट संकलन गरिएको थियो । बिहीबार यक्वा पूजासहित वृक्षारोपण थालिएको हो ।

पाथीभरा केबलकार निर्माणका लागि निर्माण पक्षले गत बैशाख अन्तिम साता रुख कटान गरिएको थियो । सोही क्षेत्रहरुमा वृक्षारोपणको अभियान सञ्चालन गरिएकाे हाे । किरात याक्थुङ चुम्लुङसहित केबलकार निर्माण खारेजी संघर्ष समिति, मुम्कुम्लुङ संयुक्त संघर्ष समिति, किरात धर्म तथा साहित्य उत्थान संघ, युमा साम्यो महासभा, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण सचिवालयको आव्हानमा क्षमापूजासहित वृक्षारोपण गरिरहेको हो ।

सम्बन्धित खबर