छुम्माको प्रदेश सम्मेलन सम्पन्न, १७ सदस्यीय कार्यसमिति चयन

छुम्माको प्रदेश सम्मेलन सम्पन्न, १७ सदस्यीय कार्यसमिति चयन

किरात याक्खा छुम्मा, कोशी प्रदेश समितिको पहिलो सम्मेलन सम्पन्न भएको छ । धनकुटाबजारमा आज सम्पन्न सम्मेलनले १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको अध्यक्षमा कृष्णबहादुर जिमी, उपाध्यक्षमा नविन जिमी, सचिवमा नरेन्द्र याक्खा, कोषाध्यक्षमा गीताकुमारी याक्खा र सहसचिवमा युवेन तुम्बा रहेका छन् । समितिमा कुमार लिंखा, धनबहादुर देवान, नविनकुमार याक्खा, युवराज जिमी, खेमाहाङ सोम्याहाङ, सुमन याक्खा, कृष्ण देवान, लक्ष्मीकुमार जिमी याक्खा, हर्कमाया जिमी, सकरानी याक्खा, यामबहादुर लिम्बुखिम र बुद्धिबहादुर याक्खा सदस्य छन् ।

सम्मेलनको उद्घाटन शनिबार भएको थियो । उद्घाटन कार्यक्रममा डोकेनी नाच प्रतियोगिता सञ्चालन गरिएको थियो ।

सम्बन्धित खबर