मुक्कुम्लुङमा बर्सेनि वृक्षारोपण गरिने, यसपालि असार १५ सम्म निरन्तर

मुक्कुम्लुङमा बर्सेनि वृक्षारोपण गरिने, यसपालि असार १५ सम्म निरन्तर

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकास्थित मुक्कुमलुङ (पाथीभरा)मा हजाराैं विरुवा रोपिएको छ । सो क्षेत्रमा जेठ ३१ र ३२ गते यक्वा सेवा (क्षमा पूजा) र वृक्षारोपण गरिएको हो ।

किरात याक्थुङ चुम्लुङसहित केबलकार निर्माण खारेजी संघर्ष समिति, मुम्कुम्लुङ संयुक्त संघर्ष समिति, किरात धर्म तथा साहित्य उत्थान संघ, युमा साम्यो महासभा, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण सचिवालयले वृक्षारोपण र क्षमापूजा गरेका हुन् । उक्त संस्थाहरू मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माण गर्ने निर्णयको विरोधमा आन्दोलनरत छन् ।  दुई दिने कार्यक्रममा गुराँस, धुपी, चिमल, रौट साल, चापलगायत विभिन्न प्रजातिका विरुवा रोपिएको हो ।

केबलकार निर्माण पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका स्थानीय सरोकारवालाहरुको मागलाई बेवस्ता गर्दै गत वैशाख ३१ गते बिहान ३ः०० बजे राति मुक्कुम्लुङ क्षेत्रमा राष्ट्रिय फूल लालीगुराँसलगायत हजारौं रुखहरु कटान गरेको थियो । सोही क्षेत्रमा वृक्षारोपण गरिएको हो । यस वर्ष असार १५ सम्म वृक्षारोपण गरिने जनाइएको छ । यसका साथै हरेक वर्ष जेठ मसान्तको दिन मुक्कुम्लुङ क्षेत्रमा वृक्षारोपण गरिने चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले बताए ।

सम्बन्धित खबर