छुम्माको आयोजनामा नेतृत्व विकास प्रशिक्षण सम्पन्न
किरात याक्खा छुम्माको आयोजनामा नेतृत्व विकास प्रशिक्षणसम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित तमु बाैद्ध सेवा समितिको हलमा कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।
कार्यक्रममा एक सयभन्दा बढी संख्यामा याक्खाहरूको सहभागिता थियो । सहभागीहरूलाई आदिवासी जनजातिहरुको मानव अधिकारसम्बन्धी वकिल समूह (लाहुर्निप)का भिम राई र दुर्गामणी याम्फूले प्रशिक्षण दिएका थिए । छुम्मा केन्द्रीय उपाध्यक्ष शान्ति देवान, महासचिव सोनाम याक्खा, सल्लाहकार लोकेन्द्र याक्खा, याक्खामा याप्सेनकी अध्यक्ष इन्दिरा जिमी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका तर्फबाट राम मादेन लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सहयोग गरेको हो ।