टिपरको ठक्करबाट चैनपुर नगरपालिकाका कर्मचारीको मृत्यु

टिपरको ठक्करबाट चैनपुर नगरपालिकाका कर्मचारीको मृत्यु

टिपरको ठक्करबाट चैनपुर नगरपालिकाको योजना शाखामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । दुर्घटनामा चैनपुर नगरपालिका-७ का ४९ वर्षीय पदम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ कोशी राजमार्गअन्तर्गत चैनपुर-सभाखोला सडक खण्डको चैनपुर-८ बानेश्वरमा टिपरको ठक्करबाट श्रेष्ठ गम्भीर घााइते भएका थिए । तत्काल चैनपुर आधारभूत अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बेलुकी साढे ६ बजे चैनपुरबाट खराङ जाँदै गरेको प्रदेश ०१-०२ ख ८२४९ नम्बरको टिपरले सोही दिशामा गइरहेको श्रेष्ठ सवार को. १५ प ९८३१ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । टिपर चालक चैनपुर-१० खराङ बस्ने ३४ वर्षका कमानसिंह तामाङ र टिपरलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर