लिम्बु चलचित्रको सेन्सरमा याक्थुङ मुन्चइत चोक सयङलाई सहभागी गराउन माग
याक्थुङ मुन्चइत् चोक सयङको चौथो राष्ट्रिय महाधिवेशन चुम्लुङहिममा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काईंलाको प्रमुख आतिथ्यमा सम्पपन्न महाधिवेशनले सागर केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्य समितिमा उपाध्यक्षहरु बबिता फोम्बो र पूर्ण सेलिङ्, महासचिव रुपा आङ्ङबुहाङ्, सचिवहरु दिनेश माङमु, लोकेन साँवा र कोषाध्यक्षमा हाङ चेम्जोङ निर्वाचित भएका छन् । यसैगरी दिनेश लिङ्देन्, रुद्र पाहिम, मोनी ताम्लिङ, लक्ष्मी योङ्हाङ, नरेश वनेम, सन्देश सुब्बा, मनु थक्लुङ, शैलेन्द्र थेबे, तुलसा लिम्बु, पर्शु थलङ, बिपना आङ्बुहाङ, अमर तुम्बापो, कृष्ण थलङ् र याम नेयोङ सदस्य रहेका छन् । सल्लाहकारहरुमा नविन सुब्बा, किशोर सुब्बा, प्रेम सुब्बा, मौसम इम्बुङ, सागर सुब्बा, यासेली योङ्हाङ र सृजना सुब्बा चयन गरिएको छ ।
असार ४ र ५ गते सम्पन्न महाधिवेशनमा जिल्ला र प्रदेशहरुद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदनहरु, महासचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र अध्यक्षद्वारा प्रस्तुत संस्थागत प्रतिवेदनहरुमाथि छलफल गरी १३ बुँदे समसामयिक प्रस्ताव सार्वजनिक गरिएको छ ।
प्रस्तावहरू :