पहिचानवादी मोर्चाको उपत्यका सम्पर्क समिति घोषणा, दुई सिराबाट अगाडि बढ्ने रणनीति
पहिचानवादी मोर्चाले काठमाडौं उपत्यका समिति घोषणा गरेको छ । समितिको संयोजकमा टेक लावती रहेका छन् ।
समितिमा झहरमान थेवे, रोशन याक्थुङ्बा, डा. तेजेन्द्र इजम, दिपा लक्सम, सुर्य विक्रम चेम्जोङ, विन्दा राई, कविहाङ सेलीङ, प्रविण गुरुङ, खगेन्द्र लाम्गादे, शिव राई, उपेश लिम्बु सदस्य छन् ।
समिति घोषणा गर्दै मोर्चाका संयोजक प्रा. डा. महेन्द्र सुन्दर लावतीले मोर्चा दुई सिराबाट अगाडि बढ्ने रणनीति रहेको बताए । प्रथम आन्दोल र दोश्रो निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्न सकिने उनको भनाइ थियो । छरिएर रहेका पहिचानवादी राजनीतिक दफ, वाैद्धिक व्यक्तित्व, नागरिक समाज, पेशाकर्मी, युवा, कलाकर तथा न्यायप्रेमी जनतालाई लक्ष्य प्राप्तिका लागि मोर्चाको रुपमा एक ढिक्का भएर संगठित हुन उपत्यका संयोजक लावतीले आग्रह गरे ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर अशोक राई सहितले अर्कै दल दर्ता गराएपछि दुवैतर्फ नगएकाहरूले पहिचानवादी मोर्चा गठन गरेका हुन् ।