कृषकहरुमा हौसला जगाउन ‘प्रथम मादी नगर धान दिवस’

कृषकहरुमा हौसला जगाउन ‘प्रथम मादी नगर धान दिवस’

मादी नगरपालिकामा प्रथम मादी नगर धान दिवस २०८१ मनाइएको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने राष्ट्रिय नाराको साथ नगरपालिकाले कृषि ज्ञान केन्द्र खाँदबारीसँग संयुक्त रूपमा २१औं धान दिवस आयोजना गरेको हो ।

कृषि क्षेत्रमा पुनर्जागरण ल्याउन तमाम धान उत्पादक कृषकहरूमा हौसला पुगोस् भन्ने मूल उद्देश्यका साथ दिवसको आयोजना गरिएकाे नगर प्रमुख जीवन लिंथेपले बताए । मादी नगरपालिका-४, कार्कीगाउँमा आयोजित कार्यक्रम तथा दिवसमा स्थानीयवासीहरू समेत उल्लेख्य सहभागी थिए ।

नगर प्रमुख लिंथेपको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कुमार कार्की प्रमुख आतिथि थिए । कार्यक्रममा कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तुलसीप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका उपप्रमुख वविता खत्री, चैनपुर नगरपालिका कृष्ण कुमार तामाङ विशेष अतिथि थिए । सो अवसरमा जिल्लामा क्रियाशील राजनीतिक दल, जिल्लास्थित सरकारी कार्यालय, मादी नगरमा क्रियाशील राजनीतिक तथा स्थानीय संघ/संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता थियो ।

सम्बन्धित खबर