मकालु वरुण राष्ट्रिय निकुञ्जका गेम स्काउट मृत फेला
मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत फेला परेका छन् । मकालु-३, हेदाङना गढीस्थित निकुञ्ज कार्यालयमा कार्यरत गेम स्काउट (पथप्रदर्शक) ५० वर्षीय केशरबहादुर कार्की मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका संखुवासभाका अनुसार गेम स्काउट कार्की आइतबार बिहान साढे ७ बजे कार्यालयभन्दा केहीमाथि मृत अवस्थामा फेला परेका थिए । उनलाई मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।