मुक्कुम्लुङ आन्दोलनसम्बन्धी कला प्रदर्शनी आयोजना
किरात याक्थुङ चुम्लुङको ३६औं स्थापना दिवसको अवसरमा कला प्रदर्शनी आयोजना गरिएको छ । ‘आदिवासी प्रतिरोध, भविष्य अनि मुक्कुम्लुङ’ शिर्षकमा आयोजित उक्त प्रदर्शनीमा सहभागी हुन खुला आव्हान गरिएको छ ।
प्रदर्शनीमा सहभागी हुन आगामी भदौ ४ गतेभित्र चित्रकला, अडियो, भिडियो, प्रदर्शन कला, अनि संस्थापन कलामार्फत आदिवासी आन्दोलन, प्रतिरोध अनि आदिवासी भविष्यसम्बन्धी आफ्नो कलाकृति पठाइसक्नु पर्ने चुम्लुङले जनाएको छ । चुम्लुङको ‘आजको नेपाल भित्रका आदिवासी भूमिहरुसँग पुर्ख्यौली नाता राख्ने सबै आदिवासी कलाकारहरुको आफ्नो कलाकृति पठाउन आव्हान’मा मुक्कुम्लुङ आन्दोलन अनि संघर्षसम्बन्धी कामलाई प्राथमिकता दिइने उल्लेख छ ।
प्रदर्शनीको समन्वयकर्ता मध्येका एक किरण सिगुका अनुसार उपलब्ध कलाकृतिमध्येबाट छनोटमा परेकालाई ललितपुरको ढोलाहिटीस्थित चुम्लुङ हिममा भदौ १५ देखि १७ गतेसम्म हुने कार्यक्रममा प्रदर्शनी गरिनेछ । ती कलाकृतिहरु अवलोकनकर्ताहरुले खरीद पनि गर्न सक्ने उनले बताए ।
चुम्लुङसँगको सहकार्यमा याक्थुङ चो सङगजुम्भोको वार्षिक कार्यक्रमअनुसार कला प्रदर्शनी आयोजना गरिएको हो ।