याक्थुङ मुन्चइत चोक सयङको नेवाः ताम्सालिङ कार्यसमिति चयन

याक्थुङ मुन्चइत चोक सयङको नेवाः ताम्सालिङ कार्यसमिति चयन

याक्थुङ मुन्चइत चोक सयङ, नेवाः ताम्सालिङ प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङहिममा सम्पन्न अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समितिको अध्यक्षमा सीता राई नेम्बाङ, उपाध्यक्षद्वयमा राम तिल्लिङ र पुष्पाञ्जली तिल्लिङ, सचिवमा शम्भु फोम्बो, सहसचिवमा बिमला इवारम, कोषाध्यक्षमा नितुरानी  नेम्बाङ र सहकोषाध्यक्षमा पवि तेम्बे रहेका छन् । त्यस्तै दिलीप लुम्फुङ्वा, कविराज आङ्देम्बे, निरन्ता नेम्बाङ, पुष्पादिवानी तिगेला, दिलकुमार चोङ्बाङ, विपना हाङगाम, सुस्निता लिम्बू, आशा हाम्सोहाङ समितिमा सदस्य छन् । अन्य सदस्यहरूमा पुर्ण लिम्बू साँवा, बिमला खजुम, उदय बेघा, नैना वनेम, रेखा लावती, एन्जिला नेम्बाङ, देबेन्द्र तुम्रोक, मिरा फियाक, माया आङ्देम्बे र इन्दिरा योङ्हाङ रहेका छन् । मुन्चइत चोक सयङले चार जना सल्लाहकार पनि चयन गरेको छ । विनोद सेरेङ, दिलीप फुरुम्बो, मनु नेम्बाङ र इन्दु तुम्सा सम्बाहाङ्फेलाई मुन्चइत चोक सयङले सल्लाहकारमा चयन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि मुन्धुमविद येहाङ् लावती, किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राई, पूर्वउपरथी होम लावती, गोविन्द आङ्बुङ, प्रोफेसर अर्जुन नुगो, राई चलचित्रकर्मी संघका महासचिव किरन राई, चलचित्र निर्मात्री कल्पना योङ्हाङ, मुन्चइतका संघीय अध्यक्ष सागर केरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर