कुलुङ भाषाका दुई प्रकार
विश्वका केही जाति वा भनौं समुदायमा भाषालाई दुई प्रकारले प्रयोग गर्छन् । एक प्रकारको हुन्छ, आमजनता अर्थात् जनजिब्रोमा बोलिने भाषा र अर्को उनीहरुका गुरु-पुरोहितले मन्त्र फलाक्दा, मन्त्र बखान्दा भनिने, उच्चारण गरिने भाषा । हो, यस्तो दुई प्रकारका भाषा नेपालका किराती महाजातिभित्रका कुलुङ जातिले पनि प्रयोग गरिरहेका छन् ।
यसरी कुलुङ जातिमा बोलिन भाषाले सबै कुलुङ जातिका मानिसहरुलाई समेट्छ । साथै त्यसरी कुलुङ जातिका जनसाधारणहरुले बोल्ने भाषालाई कुलुङ जातिका बीचमा ‘न रीङ’ भनेर चिन्ने गरिन्छ । कुलुङ जातिका पूजाआजा गर्ने गुरु-पुरोहित अथवा भनौं धामी, झाँक्रीहरुले बोल्ने र प्रयोग गर्ने भाषा चाहिँ अलग्गै हुन्छ । जुन भाषालाई कुलुङ भाषामा ‘सूम रीङ’ भन्ने गरिन्छ ।
त्यसो त कुुलुङ जातिमा धेरै प्रकारका गुरु-पुरोहित रहेका हुन्छन् । कुलुङ जातिमा अहिलेसम्म प्रचलनमा रहेका गुरु-पुरोहितहरुको सूची तल दिइएको छ ।
१. नागीरे-नागी मोप (कुलपूजा गर्ने) ।
२. तोस नोक्छो (चार मोप) ।
३. देदाम मोप (देदाम गर्ने) ।
४. सेले मोप-सेलेवा-सेलेमी (नराम्रो बाटो मरेर जानेलाई बाटो लगाउने ठूलो धामीझाँक्री) ।
५. मोबोछा-मोबोमी (सामान्य कार्य गर्ने धामीझाँक्री) ।
६. खार बित्रूम मोप (धेरै पहिले कुलुङ जातिमै फलामसम्बन्धी काम गर्ने गरिन्थ्यो । त्यसैले ‘खार बीत्रुम मोप’ले फलामसम्बन्धी दोख-बिमार भएमा फलाक्ने-हेर्ने गर्थे । अहिले यो प्रचलन र धामीझाँक्री नै हराइसकेको अवस्था छ) ।
७. बैदाङ ।
८. सातीपूस (मृत्यु संस्कार गर्ने) ।
९. आल्मी मोप (सिकारी धामी) ।
१०. भुईँफुट्टा धामी ।
माथि उल्लेखित ९ प्रकारभन्दा बढी कुलुङ जातिका गुरु–पुरोहितहरुले मन्त्र बखान्दा, मन्त्र भन्दा, मन्त्र फलाक्दा ‘सूम रीङ’ प्रयोग गर्दछन् । जस्तैः पानीलाई सर्वसाधारण कुलुङ जनहरुले बोलीचालीमा ‘काउ’ भन्ने गर्छन् भने त्यही ‘काउ’लाई कुलुङ जातिका पुरोहितहरुले चाहिँ ‘सूबूवा’ भनी पुकार्छन् । कुलुङ जातिले गाई-गोरुलाई ‘पीः’ भन्छन् भने कुलुङ जातिका गुरु-पुरोहितहरुले चाहिँ त्यही पीःलाई ‘हादी’ भनी पुकार्छन् । त्यस्तै गरिकन कुलुङ जातिले गाईगोरुको मासुलाई ‘पीम्सा/पीःसा’ भन्ने गर्छन् भने कुलुङ जातिका गुरुपुरोहितहरुले चाहिँ ‘हादीसा’ भन्दछन् । यसरी हेर्दाखेरि कुलुङ जातिका पितापूर्खाहरुले हजारौं वर्षअघि नै हरेक चिजबिज, गाउँठाउँ, जीवजन्तु, चराचुरुंगी, रुखबिरुवा, अन्नपात, खोलानाला, वनजंगल, भाँडाकुँडा आदिका नामहरु सर्वसाधारणले उच्चारण गर्ने, बोल्ने एउटा र कुलुङ जातिका गुरुपुरोहितहरुले उच्चारण गर्ने, बोल्ने भाषा चाहिँ अर्कै खाले बनाएका थिए ।
भारतको सिक्किम निवासी भाषाविद एवं भाषासम्बन्धी अध्ययन गर्न रुचाउने सीएम खम्बु (मोरोमूल थरका कुलुङ)का अनुसार यसरी दुई प्रकारले प्रयोग हुुने भाषालाई अंग्रेजी भाषामा (Diglossia/डाइग्लोसिया) अर्थात् ‘भाषा द्वैधता/दोहोरो भाषा’ भनिन्छ । विश्वका केही आदिवासीहरुले बोल्ने दोहोरो भाषा’मा कुलुङ भाषा पनि एक हो । ‘सूम रीङ’लाई कुलुङ भाषामा ‘दप्पनीङ-दप्स्नीङ’पनि भन्ने गरिन्छ । यसरी कुलुङ जातिले आफ्नो भाषामा राखेका वा राखिएका ३० वटा नामसूची तल उल्लेख गरिएको छ ।
१. नेपाली भाषा ‘घर’ । चल्तीको कुलुङ भाषा ‘खीम’ । सूम रीङ-दप्पनीङ ‘खूवागो’ ।
२. नेपाली भाषा ‘सुँगुुर’ । चल्तीको कुलुङ भाषा ‘बो’ । सूम रीङ-दप्पनीङ ‘छोबो’ ।
३. नेपाली भाषा ‘हावा’ । चल्तीको कुलुङ भाषा ‘हीक’ । सूम रीङ-दप्पनीङ ‘कूहूमा’ ।
४. नेपाली भाषा ‘पदुवा चरा’ । चल्तीको कुलुङ भाषा ‘चीपूर्के’ । सूम रीङ-दप्पनीङ चीन्चोला गाली’ ।
५. नेपाली भाषा ‘गाईगोरु’ । चल्तीको कुलुङ भाषा ‘पीः’ । सूम रीङ-दप्पनीङ ‘हादी’ ।
६. नेपाली भाषा ‘मृग’ । चल्तीको कुलुङ भाषा ‘खीस’ । सूम रीङ-दप्पनीङ ‘चकेसा’ ।
७. नेपाली भाषा ‘दुम्सी’ । चल्तीको कुलुङ भाषा ‘खास’ । सूम रीङ-दप्पनीङ ‘गोदीसा’ ।
८. नेपाली भाषा ‘चामल’ । चल्तीको कुलुङ भाषा ‘सेर’ । सूम रीङ-दप्पनीङ ‘हमेल्कूचाम’ ।
९. नेपाली भाषा ‘मकै’ । चल्तीको कुलुङ भाषा ‘खोबम–खोबप्’ । सूम रीङ-दप्पनीङ ‘दोकोसीजा’ ।
१०. नेपाली भाषा ‘कागुनी’ । चल्तीको कुलुङ भाषा ‘पेस’ । सूम रीङ-दप्पनीङ ‘कूक्सूम्मेजा’ ।
११. नेपाली भाषा ‘पिंडालु’ । चल्तीको कुलुङ भाषा ‘योक्सी’ । सूम रीङ-दप्पनीङ ‘खीम्तोलोजा’ ।
१२. नेपाली भाषा ‘डालो’ । चल्तीको कुलुङ भाषा ‘बूखो’ । सूम रीङ–दप्पनीङ ‘मीरीखोङ’ ।
१३. नेपाली भाषा ‘काठको आरी (भाँडो)’ । चल्तीको कुलुङ भाषा ‘साल्खोङ’ । सूम रीङ-दप्पनीङ ‘पोसीलीखोङ-नीनैखोङ’ ।
१४. नेपाली भाषा ‘हँसिया’ । चल्तीको कुलुङ भाषा ‘बेलो’ । सूम रीङ-दप्पनीङ ‘सीकीसेल’ ।
१५. नेपाभली भाषा ‘पाहा’ । चल्तीको कुलुङ भाषा ‘लू’ । सूम रीङ-दप्पनीङ ‘खोङ्मे-बोङ्मे’ ।
१६. नेपाली भाषा ‘अण्डा/फुल’ । चल्तीको कुलुङ भाषा ‘वादी । सूम रीङ-दप्पनीङ ‘पोवादाम-लोलीबूङ’ । १७, नेपाली भाषा ‘कोदो’ । चल्तीको कुलुङ भाषा ‘लीस’ । सूम रीङ-दप्पनीङ ‘बामूसीजा’ ।
१८. नेपाली भाषा ‘भालु (जंगली जनावर)’ । चल्तीको कुलुङ भाषा ‘मोक्स’ । सूम रीङ-दप्पनीङ ‘बूयेम’ ।
१९. नेपाली भाषा ‘झारल’ । चल्तीको कुलुङ भाषा ‘यास’ । सूम रीङ-दप्पनीङ ‘गोदीसा’ ।
२०. नेपाली भाषा ‘कुखुरो’ । चल्तीको कुलुङ भाषा ‘वा’ । सूम रीङ-दप्पनीङ ‘पोवा’ ।
२१. नेपाली भाषा ‘पानी’ । चल्तीको कुलुङ भाषा ‘काउ’ । सूम रीङ-दप्पनीङ ‘सूबूवा’ ।
२२. नेपाली भाषा ‘माछा’ । चल्तीको कुलुङ भाषा ‘ङा’ । सूम रीङ-दप्पनीङ ‘ङायाङ्मा-फोयोङ्मा’ ।
२३. नेपाली भाषा ‘भैंसी’ । चल्तीको कुलुङ भाषा ‘मेस’ । सूम रीङ-दप्पनीङ ‘बारा’ ।
२४. नेपाली भाषा ‘चिबे चरा’ । चल्तीको कुलुङ भाषा ‘चासकूउ’ । सूम रीङ-दप्पनीङ ‘खोसोवा’ ।
२५. नेपाली भाषा ‘सखरखण्ड’ । चल्तीको कुलुङ भाषा ‘पाल्कोक्ती’ । सूम रीङ-दप्पनीङ ‘पेल्मूलाजा’ ।
२६. नेपाली भाषा ‘कालिज’ । चल्तीको कुलुङ भाषा ‘तूउ’ । सूम रीङ-दप्पनीङ ‘सीलाङ्वा’ ।
२७. नेपाली भाषा ‘रोटी’ । चल्तीको कुलुङ भाषा ‘सबेइ’ । सूम रीङ-दप्पनीङ ‘फुम्बाजा’ ।
२८. नेपाली भाषा ‘फापर’ । चल्तीको कुलुङ भाषा ‘बाम’ । सूम रीङ-दप्पनीङ ‘दूम्दूसीजा’ ।
२९. नेपाली भाषा ‘भेडा’ । चल्तीको कुलुङ भाषा ‘लूस’ । सूम रीङ-दप्पनीङ ‘गोदीलीङ्सा’ ।
३०. नेपाली भाषा ‘गहुँ’ । चल्तीको कुलुङ भाषा ‘दोचेर’ । सूम रीङ-दप्पनीङ ‘मेलेलेम्जा’ ।