याक्खा युवा संघ गठन
किरात याक्खा छुम्मा मातहत १६ सदस्यीय किरात याक्खा युवा संघ गठन भएको छ । शनिबार सुनसरीको धरानस्थित किरात याक्खा छुम्मा केन्द्रीय भवनमा सम्पन्न याक्खा युवाहरुको भेला समिति गठन गरेको हो ।
सर्वसम्मत चयन भएको समितिको अध्यक्षमा अजय जिमी रहेका छन् । उनी छुम्माका केन्द्रीय सचिवसमेत हुन् । उपाध्यक्षमा सुरेश जिमी, महिला उपाध्यक्षमा जुनु याक्खा, महासचिवमा ध्रुव याक्खा, सचिवमा अनमोल याक्खा र कोषाध्यक्षमा रुविना जिमी रहेका छन् । समितिमा दिपक याक्खा, सजन याक्खा, सुरेन्द्र जिमी, विपिन कोयोङवा, विजय कोङरेन, नारायण लिंखा, सक्षम याक्खा, सन्देश याक्खा र कोपिला याक्खा सदस्य छन् ।
नवगठित समितिले याक्खा समुदायको बसोवास रहेका क्षेत्रहरुमा पुगी संघको प्रदेश, जिल्ला र स्थानीय तह स्तरमा संगठन विस्तार गर्ने छुम्माका उपमहासचिव एवं युवा इञ्चार्ज भरत याक्खाले जानकारी दिए । उनका अनुसार संघले याक्खा युवाहरुलाई राजनीतिक, सांस्कृति लगायतका क्षेत्रमा सशक्तीकरण गर्दै लैजाने छ ।
युवा संघसहित छुम्मा मातहत संगठनको संख्या तीन पुगेको छ । यसअघि याक्खा विद्यार्थी संघ र याक्खा महिलाहरु आवद्ध संस्था याक्खामा याप्सेन क्रियाशील छ ।