आदिवासी जनजाति प्रतिष्ठानको उपाध्यक्षमा ३ जना सिफारिस

आदिवासी जनजाति प्रतिष्ठानको उपाध्यक्षमा ३ जना सिफारिस

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अध्यक्षतामा सोमबार बसेको बैठकले ताप्लेजुङका पासाङ शेर्पा, गोरखाका रेशम गुरुङ र मुस्ताङकी टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेको हो ।

सिफारिस भएकामध्ये पासाङ नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य हुन् । त्यस्तै रेशम तमु छोँझ धिका पूर्वअध्यक्ष हुन् भने टासी संविधानसभा सदस्य हुन् । पासाङ शेर्पा एमाले केन्द्रीय सदस्य समेत छन् भने रेशम नेपाली कांग्रेसका नेता हुन् । त्यस्तो टासी पनि एमालेकी नेता हुन् ।

सिफारिस समितिले तीनैजनाको नाम प्रतिष्ठान सञ्चालक परिषदका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिफारिस गरेको छ ।

सम्बन्धित खबर