पहिचान पुरस्कार-२०८० : यी हुन् उत्कृष्ट ८ पुस्तक
पहिचान पुरस्कार कोषले २०८० को लागि उत्कृष्ट ८ वटा पुस्तक छनोट गरेको छ । मंगलबार बसेको कोषको बैठकले कोषमा दर्ता भएका पुस्तकमध्येबाट उत्कृष्ट आठ कृतिको छनोट गरेको हो ।
निर्भीकजंग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’, गीलु रातोसको ‘सिलीदुङ’, विश्व कुइकेलको ‘गोपीचा’, मिथोचको ‘आगोको पिदार’ र राजु स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ उत्कृष्ट आठको सूचीमा परेका छन् । त्यस्तै, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’ र श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ सिफारिसमा परेका छन् ।
यसअघि ११ वटा कृतिले पहिचान पुरस्कार पाइसकेको छ ।