केबलकार परियोजनाविरुद्ध मुन्धुमी चित्रकला प्रदर्शन

  • २७ भदौ २०८१
केबलकार परियोजनाविरुद्ध मुन्धुमी चित्रकला प्रदर्शन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुम्लुङ) मा निर्माण हुन लागेको केबलकार परियोजनाविरुद्ध आन्दोलन जारी छ । आन्दोलनअन्तर्गत बुधबार मुन्धुमी आदिवासी कला प्रदर्शन गरिएको छ ।

पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिको अगुवाइमा सदरमुकाम फुङ्लिङमा कला प्रदर्शन गरिएको हो । सो अवसरमा केबलकार परियोजना खारेज गर्नुपर्ने माग गर्दै पाथीभरा क्षेत्रमै पुगेर कलाकर्मीले बनाएका मुन्धुमी चित्रकलाहरू प्रदर्शन गरिएको थियो ।

कलाकारहरू सुवास तामाङ, सपना नेपाली, मनरा प्रजापति, दीक्षा राई, सोनाम चाम्लिङ लगायतले मुन्धुमी चित्र बनाएका थिए ।

सम्बन्धित खबर